Logo
Logo

नक्कली भ्याटबिलको अनुसन्धानमा किन बिलम्ब ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नक्कली भ्याटबिल बिक्री गरी करिब ६ अर्ब रुपैयाँ करछली गर्ने २४ कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा २०७५ फागुन २१ मा मुद्दा दायर गरिसकेको छ । यसअघि प्रतिष्ठित ब्यापारीहरुले नक्कली भ्याटबिलबाट करोडौं करोड करछली गरेको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । ब्यापारीहरुले मुद्दा सार्दैसार्दै दसक पु¥याइसकेका छन् । नक्कली भ्याटबिलको कारोबार गर्नेहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरी कारबाहीबाट उन्मुक्तिको प्रयास गरेको देखिएपछि यस्तो कारोबार गर्नेहरुको हौसला बृद्धि भएको राजस्व अनुसन्धान विभागले ६ अर्ब रुपैयाँको नक्कली भ्याटबिल बिक्री गर्ने जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरिसकेपछि खुलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नक्कली भ्याटबिल छापेर अरबौं करछली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा हुनुहुन्छ । प्रधानमन्त्री नै करछली गर्नेहरुलाई कडा कारबाही गर्ने पक्षमा भएपछि अन्यत्र कसले दबाब दिन्छ ? हामी ऐन नियम अनुसार नक्कली भ्याटबिलबाट करछली गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्नेछौं ।

विभागले नक्कली भ्याटबिल बिक्रीमा मुख्य भूमिका देखिएका जयकिशोर साह र परमेश्वर साहसहित १६ जनाविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । तर उनीहरुले नक्कली भ्याटबिल बिक्री गरिएकाहरु कसैमाथि पनि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छैन । परमेश्वर साहलाई गएको फागुन ३ र जयकिशोर साहलाई फागुन ४ मा पक्राउ गरेको विभागले उनीहरुले नक्कली बिल बिक्री गरेकाहरु भने एक जना पनि पक्राउ गरेको छैन ।

विभागले साहसँग नक्कली भ्याटबिल लिनेहरु ५ सय कम्पनी रहेको र उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ । नक्कली भ्याट बिल प्रयोग गरी ६ अर्ब करछली गर्नेविरुद्ध विभागले गहन अनुसन्धान गरिरहेको महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् । ५ सय कम्पनी वा ब्यक्तिको संलग्नता देखिएकाले अनुसन्धानमा बिलम्ब भएको हो । उनले गहन अनुसन्धान गरेको दाबी गरे पनि नक्कली भ्याटबिल प्रयोग गरी करछली गर्ने कोही पनि पक्राउ परेका छैनन् । नक्कली भ्याटबिल प्रयोग गर्नेहरुले चर्को राजनीतिक दबाब दिएकाले विभाग २ महिना पुग्न लाग्दा पनि उनीहरुलाई पक्राउ गर्न असमर्थ देखिएको छ । महानिर्देशक मैनालीले नक्कली भ्याटबिलमा संलग्नमाथि कडा कारबाही हुन्छ । मैनालीले भने–प्रधानमन्त्री केपी शर्मा ओली नक्कली भ्याटबिल छापेर अरबौं करछली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा हुनुहुन्छ । प्रधानमन्त्री नै करछली गर्नेहरुलाई कडा कारबाही गर्ने पक्षमा भएपछि अन्यत्र कसले दबाब दिन्छ ? हामी ऐन नियम अनुसार नक्कली भ्याटबिलबाट करछली गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्नेछौं ।

शक्तिकेन्द्रमा हारगुहार

६ अर्बको नक्कली भ्याटबिल बिक्री गर्नेहरु पक्राउ परिसकेपछि ती बिल खरिद गरी कारोबार गर्नेहरु आत्तिएर विभागबाट मुद्दा नचलाउनका लागि शक्तिकेन्द्रमा धाउन थालेका छन् । नक्कली भ्याटबिल प्रयोग गरी करछली गर्नेहरु नेकपाका शीर्षनेताहरुकोमा पनि कारबाहीबाट बच्न धाइरहेका छन् । नेकपाका केही शक्तिशाली नेताले मुद्दा नचलाउनका लागि राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीलाई भनसुन गरेको स्रोतले बताएको छ । यद्यपि, महानिर्देशक मैनाली भने आफूमाथि दबाब आएको अस्वीकार गर्दै भन्छन्–‘दबाब नै आए पनि नक्कली भ्याटबिलबाट मुलुकको अर्थतन्त्रलाई हानीनोक्सानी पु¥याउनेहरुलाई छाड्दैनौं ।’

नक्कली भ्याटबिल खरिद गरी अर्थतन्त्र नै टाट पल्टाउने ब्यापारीलाई उन्मुक्ति दिनका लागि खानी निर्माण सेवाका संचालक रत्नप्रसाद गौतम नै लागेका छन् । उनको खानी निर्माण सेवा प्रत्यक्ष संलग्न नभए पनि उनका आफन्तहरुका धेरै फर्महरु नक्कली भ्याटबिल खरिद गरी अरबौं राजस्व छली संलग्न रहेको स्रोतको दाबी छ ।

पत्रकारको घरसमेत रोक्का

नेपाल पत्रकार महासंघका एक पूर्वसभापति पनि नक्कली भ्याटबिल प्रकरणमा जोडिन पुगेका छन् । उनी आफैंले नक्कली भ्याटबिल खरिद वा बिक्री गरेर फसेका भने होइनन् । उनको भक्तपुरस्थित घर नै धितो राखी नक्कली भ्याटबिलका कारोबारी नवीन चौलागाईले बैंंकबाट ऋण लिएका थिए । नक्कली भ्याटबिलका कारोबारी नवीन चौलागाईले ती पत्रकारलाई आकर्षक फाइदा दिने लोभ देखाएर उनको घर समेत धितो राखी ऋण लिएका थिए । चौलागाई नक्कली भ्याटबिल प्रकरणमा परेपछि उनको घर राखेर लिइएको ऋणसमेत जोखिममा परेको छ । नवीन चौलागाई करिब ५० करोडकै हाराहारीमा नक्कली भ्याटबिलको कारोबार गरेको देखिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्