Logo
Logo

तपस्वी बम्जनको आश्रममा प्रहरीको छापा


- दृष्टि न्युज/संवाददाता


सिन्धुपाल्चोक , २० पुस । बेला बेला विवादमा आइरहेका तपस्वी रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीले छापा मारेको छ । पछिल्लो समय सेतोपाटी अनलाइनले बम्जनको बारेमा खोजमूलक समाचार प्रकाशमा ल्याएपछि विवादमा आएका थिए । बम्जनको आश्रममा शुक्रबार आज प्रहरी छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । फोरेन्सिक विशेषज्ञसहित प्रहरीको ठूलो टोली बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा खोजतलास गर्न शुक्रबार बिहान साढे ११ बजे पुगेको थियो । सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन् ।
सञ्चलाल वाइवाको हत्या तथा अरू तीन बेपत्ता पारिएको आरोप लागेका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीले खोजतलास सुरू गरेको हो । बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो ।
पछिल्लो केही दिनदेखि कानुनी प्रकृया मिलाउने र बमजनविरूद्धको कारबाही अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेका छन् । खनालले उक्त कामका लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्