Logo
Logo

पत्रकार थोकरमाथि भएको दुव्र्यवहारको भत्र्सना



ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ ।

शाखाका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा समाचार संकलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुगेका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उनीमाथि अभद्र व्यवहार गर्नाका साथै मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्