Logo
Logo

रतको धौलीगंगा बाँध आज खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह


126
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका आज रातिदेखि ४८ घण्टाका लागि खोलिने भएको छ ।

आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि आज राति १ बजेदेखि पर्सि सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचनामार्फत् अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्