Logo
Logo

विप्लव समूहका नेता भरत बम रिहा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम ‘रणवीर’ रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम २८ महिनापछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।

रिहा भएपछि काठमाडौंको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगाएतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । बमलाई बिहिबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो ।

नेकपामाथि प्रतिवन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्धा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो ।

रिहा भएपछि बमले खुसीसँगै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गरे । उनले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गरे ।

विप्लव नेकपाका अनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्