Logo
Logo

‘एमसीसी पारित भए मुलुक ठूलो संकटमा जान्छ’



काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता मुलुकको हितमा नरहेको बताएका छन् ।

नयाँ नेपाल निर्माण अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मैनालीले एमसीसी सम्झौता मुलुकको हितमा नरहेको भन्दै एमसीसी पारित भए मुलुक झन ठूलो संकटमा जाने बताए ।

उनले एकपटक संसदबाट पारित भएपछि फर्काउन सक्ने अवस्था नरहेको भन्दै एमसीसीलाई अघि बढाउन नहुने तर्क गरे । एमसीसी सामान्य सहयोगमात्र हो भने संसदबाट पारित गर्न जरुरी नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्