Logo
Logo

भारतीय राजदूत दलेलाले भेटे परराष्ट्रमन्त्री


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000