Logo
Logo

प्राइम एमेजोनमा चर्चा बटुल्दै नेपाली फिल्म ‘एटिन’


441
Shares

काठमाडौं । यतिखेर एउटा नेपाली फिल्मले हलिउडको फिल्म जोन भनिने प्राइम एमेजोनमा चर्चा पाइरहेको छ । जुन फिल्म बेलायतमा बस्दै आएका प्रवल सोनम घिसिङ (प्रेम लामा)ले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मको नाम हो, ‘एटिन’ अर्थात (१८) ।

प्राइम एमेजोन एउटा यस्तो प्लेटफर्म हो, जहाँ बलिउड र बलिउडका ब्लकबस्टर फिल्महरु रिलिज हुने गर्छ । यसअघि प्राइम एमेजोनमा केही नेपाली सुपरहिट फिल्महरु रिलिज भएका थिए । तर, विदेशमै निर्माण भएको नेपाली फिल्म रिजिल भएको भने यो पहिलो पटक हो ।

विदेशमा बनेको नेपाली फिल्मले समेत प्राइम एमेजोनमा हलिउड र बलिउड ब्लकबस्टर फिल्मको हाराहारीमा स्थान पाउनुलाई गर्वका रुपमा लिनुपर्ने निर्माता तथा निर्देशक प्रवल बताउँछन् । प्रवलले भने, ‘यो आम नेपाली फिल्मकर्मीका लागि खुसीको कुरा हो ।’ ‘१८ वर्ष कटेपछिमात्र मानिस वैधानिक हुन्छ’ भन्ने सारलाई फिल्म ‘एटिन’मा उतारिएको छ ।

को हुन् प्रवल सोनम ?

प्रवल सोनम घिसिङ (प्रेम लामा) नेपाली कला–साहित्य, संस्कृति र संस्कारप्रति सानैदेखि झुकाव राख्थे । उनी करिब तीन दशकअघि बेलायत पुगेका हुन् । सन् १९९१ मा ‘केयर इम्प्लोएमेन्ट’का रुपमा बेलायत पुगेका प्रवलले त्यहाँ रहेरपनि चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । जसमार्फत नेपाली कला तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेका छन् ।

नेपालमा हुँदा उनी साहित्यप्रति औधी रुचि राख्थे । उनी गीत तथा कविता कोर्थे । तर, त्यतिखेरै बेलायतको यात्रा तय गरेका प्रवल भन्छन्, ‘नेपालमा भएको साहित्यकार बन्थेँ होला । साहित्यकार नभए कला क्षेत्रमै पनि हुन्थेँ ।’

बेलायत पुगेपछि नेपाली कला र संस्कृतिप्रति अझ धेरै लगाव बढेको उनको अनुभव छ । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा आर्कषण बढ्नुको मुख्य कारण पनि यही हो, जब बेलायत आएँ, तब आफ्नो देशको सम्झनामा केही गरौँ भन्ने लाग्यो । त्यसपछि फिल्म निर्माणलाई रोजेँ ।’

फिल्म यात्रा

प्रवलले बेलायतमै बसेर हालसम्म चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । दुई दर्जनभन्दा बढी नेपाली म्यजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् । बेलायत पुगेपछि पहिलोपटक ‘मोनिका’ नामक फिल्म बनाएका प्रवल भन्छन्, ‘जुन फिल्म युकेमै बस्दै आएका नेपालीको कथामा आधारित थियो ।’ फिल्ममा एउटी महिला पात्रलाई विषयवस्तु बनाइएको छ ।

पहिलो प्रयासस्वरुप निर्माण भएको ‘मोनिका’ दर्शकले रुचाए । त्यसपछि अझ हौसिएका उनले अर्को फिल्म बनाए, ‘कसुर’ । जुन प्रवलको दोस्रो फिल्म थियो । उक्त फिल्ममा पनि युकेमै बसोवास गर्दै आएका नेपालीहरुको अवस्थालाई पर्दामा उतारेका थिए । फिल्म ‘कसुर’सम्म आइपुग्दा प्रवलले एक कुसल फिल्मकर्मीको परिचय बनाउन सफल भए । जुन फिल्ममा तारा लामा र पुनम गुरुङ निर्माताका रुपमा रहेका छन् ।

प्रवलको युर्टन

र, प्रवलले त्यसपछि ‘युर्टन’ बनाए । जुन फिल्म प्रवलका लागि युर्टन बन्यो अर्थात एक कुसल निर्देशक तथा निर्माताका रुपमा उनी बेलायतदेखि नेपालसम्म चिनिए । फिल्म ‘युर्टन’ले नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको थियो । उक्त फिल्म नेपालमा अधिकांश सिनेमा हलमा रिलिज भएको थियो ।

प्रवल भन्छन्, ‘युर्टनलाई नेपालमा समेत रुचाए ।’ फिल्ममा चित्रण गरिएको कथाले धेरैको मन छोएको थियो । ‘नेपालीहरु विदेशमा बसेरमात्र हुँदैन, देश बनाउने हो भने आफ्नै देशका केही गर्नुपर्छ’, फिल्म ‘युर्टन’को सार थियो । उक्त फिल्म व्यवसायी रुपमा तार्गेट गरेका निर्माण गरिएको हो ।

प्रवलको अर्को महत्वपूर्ण उपलब्धी हो, ‘एटिन’ अर्थात (१८) । जुन फिल्म अहिले प्राइम एमेजोनमा रिलिज भइरहेको छ । यसबारे माथि नै उल्लेख गरिएको छ । हलिउड र बलिउड ब्लकबस्टर फिल्महरु रिलिज हुने गर्छ । जहाँ यतिखेर नेपाली फिल्म ‘एटिन’ले चर्चा पाइरहेको छ ।
अबको लक्ष्य के हो ? प्रवल भन्छन्, ‘मैले धेरै विधामा फिल्म बनाएँ, अबको उद्देश्य नेपालको अनकन्टार गाउँवस्तीको कथालाई पर्दामा उतार्नु हो ।’ हाल त्यसैको रिसर्च गरिरहेको उनको भनाइ छ ।

विशेषगरी तामाङ कला, संस्कृति र रहन सहनलाई समेटेर नेपालको विकट वस्तीका नागरिकको कथालाई उतारेर अन्तर्राष्ट्रियस्तरमा फिल्म निर्माणको तयारीमा रहेको उनले आपनो योजना सुनाए । प्रवलले भने, ‘विदेशमा बसेर नेपालका लागि केही गर्न नसकेपनि कला, संस्कृतिलाई प्रवद्र्धन गरौँ भन्ने मेरो उद्देश्य हो ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000