Logo
Logo

नेकपा एकीकृत समाजवादीको पक्षमा ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत



काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै निर्वाचन आयोगले बुधबार सनाखतका लागि माधव नेतृत्वलाई बोलाएको थियो ।

नेकपा एमालेबाट विभाजन भएर नेता नेपाल लगायतका नेताहरुले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । सनाखत भएसँग माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिता पाएको छ । आयोगले आजै नयाँ दल दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्