Logo
Logo

म्याक्स टाइगरको ‘दशैं धमाका’: क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज


315
Shares

काठमाडौं । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ। यसपटक उपभोक्ताका लागि म्याक्स टाइगर इनर्जी ड्रिंकले थप रोमाञ्चक उपहारको घोषणा गरेको छ।

म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउने भएका छन्।

ललितपुरको पुल्चोकस्थित एक कार्यक्रममार्फत कम्पनीले ‘दशैं धमाका २०२६’ अभियानको औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेआर स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।

विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्ने कम्पनीले जनाएको छ। देशभर त्यस्ता क्यान वितरण गरेर उपभोक्तालाई पुरस्कारमार्फत चाडपर्वको खुसीमा जोड्ने तयारी गरिएको कम्पनीको भनाइ छ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।

दशैंमा किनमेल, भेटघाट र उत्सवको माहोल बढ्दै जाने भएकाले यही अवसरलाई थप रोमाञ्चक बनाउन उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्