Logo
Logo

आउन चाहनेलाई ढोका खुलै छ : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेता रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि सँधैं ढोका खुला रहेको बताएकी छन् ।

आज (बुधबार) निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् । ‘हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका खुल्ला नै राख्नु पर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् । नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्