Logo
Logo

काबुलमा बम विस्फाेट, ११ जनाकाे मृत्यु



एजेन्सी ।अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ । बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको हाे ।

तालिबानी अधिकारीका अनुसार ११ जनाकाे मृत्यु भएकाे छ भने संख्या अझै बढ्ने छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

काबुलमा रहेका पत्रकारका अनुसार भने विस्फाेट आत्मघाती भएको खुल्न आएको छ । विस्फाेट विमानस्थलकाे अब्बे गेट नजिक भएकाे हाे ।

यसअघि अपराह्न अफगानिस्तानको काबुल विमानस्थल बाहिर आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिइएको थियाे। यद्यपि यो चेतावनीका बाबजुद मानिसहरू विमानस्थल बाहिर भेला भइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्