Logo
Logo

आजदेखि रात्रिकालीन फुटबल प्रतियोगिता


- दृष्टि न्युज/संवाददाता


दमक, ७ वैशाख । झापाको भद्रपुर नगरपालिकास्थित मेची रंगशालामा आज शनिबारदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ मै ‘पहिलोपटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगिता हुन लागेको हो ।
आयोजक संस्था एलेभेन साइनिङ स्टारका अध्यक्ष दिलीप भुइँमालीका अनुसार प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लब चन्द्रगढी, श्रीजङ्गा फुटबल क्लब ज्ञानेचोक, सैनिक फुटबल क्लब, कनकाई फुटबल क्लब, बिर्तामोड गुनाइटेड फुटबल क्लब, न्यू स्टार फुटबल क्लब खोपबाडी र राजगढ फुटबल क्लब गरी आठ वटा टोलीको सहभागिता रहेको छ । पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न लगभग रु १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टोलीले नगद रु एक लाख र उपविजेताले नगद रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।
गत बुधबार खेलाइनु पर्ने पहिलो खेल प्राविधिक कारणले आज तय गरिएको आयोजकले जनाएको छ । आजेखि शुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्