Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : ओली-नेपालबीच आरोप प्रत्यारोपदेखि काँग्रेसमा सहमतिसम्म



१. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन, मन्त्रिपरिषदलाई समेत पूर्णता दिन नसक्ने प्रधानमन्त्रीले देशको नेतृत्व गर्नेमा आशंका रहेको भन्दै आलोचना, मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल, परिस्थिति सहज भइसकेकाले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्नेमा जोड ।


२. नेपाली काँग्रेसको १४औँ महाधिवेशनका कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी, पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको निर्णय ।


३. माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दावी, माधवहरुको विद्रोह एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक भएकाले रुखमा नयाँ–नयाँ पालुवा पलाउँदै नयाँ–नयाँ हाँगा हाल्दै जाने प्रकृयासँग तुतलना, आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने घोषणा ।


४. पार्टी एक हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, प्रधानमन्त्री बन्नका लागि ओलीले ‘माओवादी जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको हो’ भन्दै सहमति गरेर ओलीले ठगी धन्दा चलाएको दावी, ओलीले ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनेर उल्टै भ्रष्टाचारराई प्रसय दिने काम गरेको समेत अध्यक्ष प्रचण्डको आरोप ।


५. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको टिप्पणी, संविधान र लोकतन्त्रको रक्षाका लागि ओलीको असंवैधानिक कदमको विरोध गर्दा लोकतान्त्रिक र वामपन्थी शक्तिहरु एकताबद्ध हुँदा ओलीको साथमा दरबारीय शक्तिहरु एकताबद्ध भएको धारणा, देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको दावी ।


६. दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० जना सांसदले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी, सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले मंगलबार एकीकृत समाजवादी दल रोजेको पत्र बुझाउने, एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्याउने तयारी ।


७. देशका १५ लाख युवाहरुलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवालाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह, युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड, उत्पादन अभियानमा युवा दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको धारणा, युवा बहुल जनसंख्या भएको नेपालमा विकासका लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहेनत गर्नुपर्नेमा जोड ।


८. सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार, तीन दिन भएको कारोबारमा जलविद्युत् कम्पनीको शेयरमा दबाब, साताभर कूल २३२ कम्पनीको ६ करोड ६६ लाख ६ हजार ४७५ कित्ता किनबेच, साताभरमा ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबरको कारोवार, नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।


९. इङ्लीस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० को शानदार जीत निकाल्यो, ग्याब्रियल जिसुसको पासमा इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाउँद १२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर बनाए, ३५औँ मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित आर्सनलविरुद्ध जिसुसले सिटीका लागि तेस्रो गोल थप, दोस्रो हाफमा रोड्री र टोरेसले एक–एक गोल थप्दै सिटीलाई सहज जीत दिलाए, यो सिजन जीतविहीन रहेको आर्सनल लगातार तेस्रो हार व्यहोर्न बाध्य ।


१० सेप्टेम्बर २००१ मा वल्र्ड ट्रेड सेन्टरका टावर र पेन्टागनमा भएको आक्रमणमा अल कायदा प्रमुख ओसामा बिन लादेनको संलग्न भएको ‘कुनै प्रमाण नभएको’ नभएको तालिबानको धारणा, लादेन आक्रमणमा संलग्न भएको कुनै प्रमाण नभएको तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदको दावी, अफगान भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिज्ञा ।

प्रतिक्रिया दिनुहोस्