Logo
Logo

पहिरोले बुटवलको ज्योतिनगर वस्ती जोखिममा



बुटवल । अविरल बर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्र पहिरोका कारण सिँगो वस्ती नै जोखिममा परेको छ ।

चुरे पहाड तल रहेको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गइरहेका छन् ।
पहिरोपछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पहिरो आउने क्रम अहिले पनि जारी रहेकाले बस्तीमा थप जोखिममा देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारिरहेको छ । आइतबार बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुबाट उनीहरुलाई उद्दार गरिरहेको छ ।

एकतले घर भएका स्थानीयको खाद्यान्ह लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा बाढी पसेको छ । २०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

पहिरोपछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । यसअघि २०५५ सालमा गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्