Logo
Logo

सिद्धार्थ राजमार्गमा पहिरो, एकको मृत्यु, ३ जना घाइते



पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेर होटल पुरिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार करिब साढे चार बजे पहिरो खस्दा सिद्धार्थ राजमार्ग छेउका होटल पुरिँदा वालिङ नगरपालिका–१४ कि अन्दाजी ४० वर्षकी धनमाया उम्रा मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकाी दिए ।

घटनामा थप तीन जना घाइते भएका छन् । होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत र सोही होटलमा काम गर्न बसेका १६ वर्षीय शिशिर योगी घाइते भएका छन्। अर्का एक जनाको भने नाम ठेगाना खुल्न सकेको छैन।

पहिरोले  सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्