Logo
Logo

जनकपुरधामका १२ भन्दा बढी चिकित्सक जसपामा प्रवेश



जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका १२ जनाभन्दा बढी चिकित्सक जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन ।

मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा चिकित्सकहरु पवेश गरेका हुन् । नवप्रवेशीलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए ।

बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारी लगायतका चिकित्सक जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष यादवले राजनीतिकमा वौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने विश्वास व्यक्त गरे । अध्यक्ष यादवले भने, ‘वौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, तर मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रसय पाऊँछ ।’

पेशासँगै राजनीतिलाई अगाडी बढाउन अध्यक्ष यादवले नवप्रवेशी चिकित्सकलाई शुभकामना ज्ञापन गर्दै वौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।

जसपा धनुषाका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव, वौद्धिक पेशाकर्मी महासंघ धनुषाका अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्