Logo
Logo

सत्तारुढ गठबन्धन साझा रणनीति बनाउँदै



काठमाडौं । प्रतिनिधिसभा बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भए बैठक चल्न नदिने चेतावनी दिएपछि गठबन्धन बैठक बस्न लागेको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहने छन् ।

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने एक नेताले बताए । राष्ट्रपतिको आह्वानमा आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्