
काठमाडौं । नवनियुक्त उद्योगमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खाएका हुन् ।
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको व्यवस्थापन गर्न नसकेकी गौरीकुमारी यादवले ग्यास उद्योगीलाई पाता नकस्दासम्म समस्या समाधान नहुने अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि चौतर्फी आलोचना भएपछि उनले आजै राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्री बालेन शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रास्वपा सांसद समेत रहेका साहलाई उद्योगमन्त्रीमा सिफारिस गरेका थिए ।















