Logo
Logo

प्रतिपक्षीको अवरोधबीच आर्थिक अध्यादेश पेश



काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलगत्तै अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गरेका छन् ।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण १५ मिनेट स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएपछि अर्थमन्त्री शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए । अर्थमन्त्रीको बाटो छेक्न खोज्दाखोज्दै उनले अध्यादेश पेश गरेका छन् ।

यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्