Logo
Logo

एनआइसी एसिया बैंकको शाखा मनमैजुमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआइसी एसिया बैंकले सेवा विस्तारका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–११, मनमैैजुमा शाखा सञ्चालन गरेको छ । शाखाको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका ३ नं. प्रादेशिक कार्यालयका प्रमुख विकास खरेलले उद्घाटन गरेका हुन् ।

नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । हाल बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्