Logo
Logo

‘एनसेलको सिम बहिस्कार गरौँ’ अभियानले तिव्रता पाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख । केही दिनयता सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा ‘एनसेलको सिम बहिस्कार गरौँ’ अभियानले रंगिन थालेको छ । यो अभियानले दिनदिनै तिव्रता पाउँदै गएको छ ।
नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले नेपाल सरकारलाई तिनुपर्ने ४० अर्ब रुपैयाँ भन्दा बढी राजश्व नबुझाएको भन्दै सरोकारवालाहरुले एनसेलको सिम ‘बहिस्कार’ अभियान थालेका हुन् ।
अधिकांश अभियानकर्ताले ‘सरकारलाई अर्बौ कर छल्ने एनसेललाई आजबाट बहिस्कार गरौँ’ भन्ने स्टाटस पोस्ट गर्न थालेका छन् । एक सामाजिक सञ्जाल युजरले बुधबार लेखेका छन्, ‘म सँग दुई वटा एनसेलका सिम थिए, ती दुवै सिम आजैबाट बन्द गरेको छु । तपाइँ पनि आफूसँग भएको एनसेलको सिम बन्द गरेर एनसेललाई कर तिर्न बाध्य पार्ने अभियानमा लाग्नुस् ।’
पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले सुरुमा यो अभियान सुरु गरेका हुन् ।
अधिबक्तन भण्डारीले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्, ‘एनसेलले कर तिर्नुपर्छ भनेर निर्णय ग¥र्यो । निर्णयपश्चात नेपाल सरकारलाई एनसेलबाट कर असुल गर्न जानकारी दिइयो । नेपाल सरकार ठूला करदाता कार्यालयले ७ दिनभित्र झण्डै ४० अर्ब कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेख्यो । ७ दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेर कर नतिर्ने र यो मुद्दाको निर्णय हुन समय लागुञ्जेलसम्म अर्थात १ र २ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च गरेको छ ।’
अधिवक्ता भण्डारीले यति ठूलो रकम कुलुकको ढुकुटुीमा नआउँदा राष्ट्रको अहित हुने भन्दै मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म एनसेलको सिम बहिस्कार गर्न सार्वजनिक आह्वान गरेका छन् ।
‘एनसेलले कर नतिर्दासम्म प्रत्येक नेपालीले एनसेलको सिम प्रयोग नगरौँ’ उनले भनेका छन्, ‘अन्यथा एनसेलले मुद्दा गर्ने बहानामा विभिन्न छलकपटका नाममा कर नतिर्ने र लम्ब्याउने काम गर्छ । मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीहरु अब उठौँ जागौँ र हामीले एनसेलको सिम कार्ड आजैदेखि प्रयोग गर्न बन्द गरौँ ।’
सर्वाेच्च अदालत र ठूला करदाता कार्यालयले कर तिर्न गरेको आग्रह अटेर गर्दै एनसेलले उल्टै सरकारबिरुद्ध मुद्धा दायर गरेपछि यो अभियानले तिव्रता पाउँदै गएको हो । यो अभियानको क्रममा कतिपयले एनसेलको सिममा आगो लगाएको बताएका छन् भने कतिपयले कर तिरेपछि मात्रै सिम प्रयोग गर्ने भनेर ‘ब्लक’ गरेको जनाएका छन् ।
एनसेलको सिम ‘बहिस्कार अभियान’मा सर्वसाधारणदेखि राजनीतिज्ञ, कलाकार, पत्रकार, लेखक, वकिल, चिकित्सकसमेत रहेका छन् । अधिकारकर्मी सुबोधराज प्याकुरेलले आफुले तीन बर्ष अघिदेखि नै एनसेलको ज्यादती र सरकारको लापरबाहीबिरुद्ध एक्यबद्दता जगाएको भन्दै एनसेलको सिम जलाएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।
त्यस्तै, पत्रकार कुसुम भट्टराईले एनसेलका कर्मचारीलाई काम बन्द गर्न आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका छन्, ‘एनसेलमा कार्यरत नेपाली कर्मचारी महोदयहरु । एनसेल भन्ने विदेशी संस्थाले हाम्रो राज्यको अर्बौं रुकम कर नतिरी, सर्वोच्चको आदेशसमेत उल्लंन गरी आलटाल गरीरहेको छ । एनसेल एउटा बदनाम र ठग संस्थामा परिणत भएको छ । त्यस्तो बदनाम संस्थामा काम गर्छु भनेर भन्न पनि तपाइहरुलाई लाज लाग्दो होला ।’ उनले अगाडि लेखेका छन्, ‘कर ठग्ने एनसेलमा काम गर्छु’ भन्नुपर्दा तपाइहरुलाई कम्ता ग्लानी भइरहेको छैन होला । अतः आजैबाट काम बन्द गर्नुस् र कर नतिर्दासम्म काम नगर्ने संकल्प गर्नुस् । तपाइँहरुले काम गरिरहेकाले एनसेलको कर छली जारी छ, तपाइँहरुले नै काम बन्द गरिदिनुभयो भने बल्ल नाकाका चालले एनसेलले कर तिर्नेछ ।’
त्यस्तै पूर्वसचिव भिम उपाध्यायले पनि सिम बहिस्कार जायज भएको भन्दै अभियानलाई साथ दिएका छन् । उनले सिम बहिस्कार गर्न आग्रह गर्दै देश प्रेम जगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्