Logo
Logo

माधवकुमार नेपाल एमालेमै फर्कनुहुन्छ : योगश भट्टराई



पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताको मनमा अझै एमाले रहेको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो दावी गरेका हुन् ।

फाइल तस्बिर

नेता भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दावी समेत गरे । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल एमालेमै फर्किने उनको भनाइ छ । भट्टराईले भने, ‘उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न । एमाले सिक भएर फर्किनुहुन्छ ।’ उनले वरिष्ठ नेता नेपालसहितको एमाले बनाउन आफूहरुले धेरै प्रयास गरेको समेत बताए ।

भट्टराईले माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको र नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको बताउँदै भने, ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो ।’ उनले सबै नेता, कार्यकर्ता कोही व्यक्तिको पछाडि नलाग्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्