काठमाडौं । नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।
निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।













