काठमाडौं । नेता प्रभु साह समूह नेकपा एमालेको विधान महाधिवेशनमा नजाने भएको छ । ८ बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । बिहीबार साँझ महासचिव ईश्वर पोखरेललगायतका नेतासँग छलफल गरेपनि सहमति नजुटेपछि साह समूह महाधिवेशनमा नजाने भएको हो ।

नेता साहले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् । एमाले अध्यक्ष ओलीलगायतका नेताहरुले त्यसमा सहमत जनाएपनि त्यो अवस्था देखिएको छैन । अहिले एमालेले जनताको बहुदलीय जनवादलाई नै निरन्तरता दिएको छ । तर, साहसहितका नेताहरुले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने माग गर्दै आएका छन् ।














