काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा आज बिहान ९ बजे ठूलो सुक्खा पहिरो गएको छ।

पहिरो खस्दा केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले तत्काल कुनै ठूलो जोखिम छैन।
यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनिलकुमार खड्काका अनुसार धुलोसहितको ठूलो पहिरो खस्दा धुलो सडकसम्म आइपुगेको छ। पहिरोबाट कुनै मानवीय क्षति नभएको र थप विवरण तथा सुरक्षाका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको उनले बताए।


















