Logo
Logo

एमालेविरुद्ध संगठित प्रहार सुरू : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई घेराबन्दी गर्ने नयाँ श्रृङ्खला सुरु भएको बताएका छन् ।

शुक्रबार विधान महाधिवेशनको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै उनले माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन बदनाम गर्न फुटलाई प्रश्रय दिएको आरोप पनि लगाए ।

उनले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताए । उनले भने, ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ ।’

अध्यक्ष ओलीले एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको दाबी पनि गरे । उनले भने, ‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो ।’

प्रतिक्रिया दिनुहोस्