Logo
Logo

ओलीको स्वास्थ्यमा समस्या, भाषण गर्दा गर्दै रोके


7.6k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।

शुक्रबारबाट सुरु भएको प्रथम विद्यान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दा गर्दै अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि उनले बिचैमा भाषण रोकेका छन् ।

आफूलाई रुघा खोकीले पढ्न गाह्रो भएको ओलीको भनाइ छ । ‘कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ’, ओलीको भनाइ थियो।

अहिले अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य शंंकर पोखरेलले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्