Logo
Logo

दशैंको टीका: कुन देशमा कति बजे साइत ? (सूचीसहित)



काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि यो बर्षको दसैं टीकाको साईत सार्वजनिक गरेको छ । समितिसँग विभिन्न देशमा बसोबास गर्ने सनातनधर्मावलम्बीहरुबाट दसैँ टिकाको साइतबारे जिज्ञासा राखेका कारण समितको विहिबार बसेको बैठकले विज्ञप्तिमार्फत विदेशमा बसोबास गर्ने नेपालीहरुको लागि टीकाको साइत सार्वजनिक गरेको हो ।

समितिको बैठकले नेपालको काठमाडौँका लागि २०७८ असोज २९ गते विहान १० बजेर २ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । यस्तै भारतको दिल्लीमा बिहान ९ः ५५, अमेरिकाका न्युयोर्कमा अक्टोबर १५, (९ बजेर २१ मिनेटमा, मेरिकाका केन्टुकीमा बिहान ८ बजेर मिनेटमा रहेको छ । टेक्सासमा बिहान ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा ७ बजेर १५ मिनेटमा साइत रहेको समितिले जानाएको छ ।

यसैगरी टोरन्टो क्यानडाका लागि विहान ८ बजेर ३५ मिनेट, जापानका लागि ११ बजेर ५ मिनेट, , अष्ट्रेलिया सिड्नीका लागि १० बजेर २५ मिनेट, मेलनबर्न अष्ट्रेलियाका लागि १० बजेर ३१ मिनेट, ब्रिसवेन अष्ट्रेलियाका लागि १० बजेर २९ मिनेट, वेलिङ्टन न्युजल्याण्डका लागि १० बजेर ३५ मिनेट, लिस्बन पोर्चुगलका लागि ९ बजेर ५५ मिनेट, बेलायतको लण्डनका लागि बिहान १० बजेर १ मिनेट, फ्रान्सको पेरिसका लागि बिहान ९ बजेर १५ मिनेट दसौको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ ।

नर्वे ओस्लोका लागि विहान ८ बजेर ३९ मिनेटमा, मलेसियाको क्वालालम्पुरका लागि विहान ८ बजेर ४५ मिनेटमा, युएइको अबुधाविको लागि विहान ८ बजेर २१ मिनेटमा, दोहा कतारको लागि विहान ७ बजेर ५५ मिनेटमा, बैंकक थाइल्याण्डका लागि विहान ८ बजेर १५ मिनेटमा, सियोल दक्षिण कोरियाका लागि विहान ९ बजेर १५ मिनेटमा, तेल अभिभ इजरायलका लागि विहान ९ बजेर १ मिनेटमा, सिंगापुरका लागि विहान ८ बजेर ४७ मिनेटमा, हङकङका लागि विहान ८ बजेर ३३ मिनेटमा, साउदी अरेबियाका लागि विहान ८ बजेर १४ मिनेटमा, म्यानमारका लागि विहा ८ बजेर ९ मिनेटमा र स्वीटजरल्याण्डका लागि विहान १० बजेर १५ मिनेटमा दशैँको टीका लगाउन उत्तम हुने समितिले जनाएको छ ।

समितिले टिकाको निमित्त सबैभन्दा उपयुक्त समयका रुपमा निर्धारण गरिएको र सो दिन आफ्नो अनुकुल समयमा टिका लगाउन सक्ने पनि विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्