Logo
Logo

मुक्ति संगठन पर्साको अध्यक्षमा सुशील हजरा



वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन पर्सा जिल्ला कमिटीको अध्यक्षमा सुशील हजरा चयन भएका छन् ।

वीरगञ्जमा भएको भेलाले हजराको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । गठित कमिटीको उपाध्यक्षद्धयमा अमरदेव पासवान, जयमती राम, सचिवमा साधु राम, सहसचिवद्धयमा सुरेश महतो तत्वा र मुकेश महरा रहेको छन् ।

त्यस्तै, सदस्यहरु अशोक महतो, बिन्दा पासवन, भुलन हाजरा, भुलन राम, शोभा देबि राम, धनजय राम, कन्हैया राम, रामबाबु राम, बिपनि महरा लगायतका रहेका छन् ।

भेलामा एकीकृत समाजवादी पर्साका जिल्ला सदस्य एवं नेपाल दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले समितिको घोषणा गरेका हुन् ।

प्रभु पासवानको अध्यक्षता र एकीकृत समाजवादीका सचीव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, नेपाल दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद पासवान, पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, प्रदेश सदस्य किशोरी कुशवाहा, जिल्ला सचिव बिक्रम चौरसिया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जिल्ला सदस्य एवं पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्