Logo
Logo

१० किलो चरेससहित दुई जना पक्राउ



पर्सा । सशस्त्र प्रहरीले पर्साबाट प्रतिबन्धित लागूऔषध चरेस १० किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका–३ हरैयाका १८ वर्षीय सुनिल माझी र अर्का १६ वर्षीय किशान माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

जगरनाथपुर–२ जानकीटोलमा चेकजाँच गर्ने क्रममा बीआर २२ एक्स २७३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट चरेस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई थान मोबाइल सेट, भारु १ सय, नेरु १३५ रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्