Logo
Logo

नयाँ न्यायाधीशको स्वागत किन भएन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले नयाँ न्यायाधीश नियुक्त भएपछि स्वागत गर्ने परम्परा यसपटकदेखि तोडेको छ । नेपाल बार एशोसिएसनले नै न्यायाधीश नियुक्ति प्रक्रियाको बिरोध गरेपछि सर्वोच्च बारले तिनै न्यायाधीशको सम्मानमा स्वागत कार्यक्रम राख्नु आवश्यक नठानेको कानुन ब्यवसायीहरु बताउँछन् । न्यायपरिषदले २०७५ चैत १९ गते सर्वोच्च अदालतको न्यायाधीशमा प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोेज शर्माको नियुक्ति सिफारिस गरेको थियो । उनीहरु २०७६ बैशाख ५ मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई बैशाख ६ मै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर पदबहाली गरिसकेका छन् । पदबहाली गरेको १० दिन बितिसक्दा पनि सर्वोच्च बारले नवनियुक्त न्यायाधीशहरुको स्वागत गरेको छैन । यसअघि सर्वोच्चमा नयाँ न्यायाधीश नियुक्त हुनासाथ स्वागत कार्यक्रम राख्ने प्रचलन थियो ।

केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारले न्यायालयमा ब्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरिएकोमा विवादित र कनिष्ट कानुन ब्यवसायीलाई न्यायाधीश बनाएकोमा बरिष्ठ अधिवक्ता शम्भु थापादेखि धेरैले चर्को बिरोध गरेका थिए । नेपाल बारले पनि न्यायाधीश नियुक्तिको औपचारिक बिरोध ग¥यो । नयाँ न्यायाधीशहरुको स्वागत कार्यक्रम नराखेकोमा सर्वोच्च बार एशोसिएसनका अध्यक्ष खगेन्द्र अधिकारीले भने–‘कार्यक्रम हुन्छ । त्यसलाई विस्तारित ढंगबाट गरिंदैछ । हामीले भारतको सुप्रिम कोर्टको मोडलमा स्वागत कार्यक्रम गर्ने सोच बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्