Logo
Logo

पुष मसान्तसम्म भित्र जिल्ला कमिटी र जनसंगठनहरुको एकता सक्ने नेकपा एकीकरण कार्यदल तयारी



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष मसान्तसम्म भित्र जिल्ला कमिटी र जनसंगठनहरुको एकता सक्ने नेकपा एकीकरण सक्ने तयारी रहेको छ ।

गत मंसिर २९ गते देखी पौष १४ गते सम्म बसेको स्थायी समिति बैठकले यही पुष मसान्तभित्र पार्टी एकताको काम सक्ने गरी खाका बनाउन ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् ।

नेकपाले कार्यदललाई तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउने विधी, प्रक्रिया र मापदण्ड तय गर्ने कार्यदेश दिएको छ । सोही कार्यदेश अनुसार कार्यदलले काम गरिरहेको र अबको केही दिनमा प्रतिवेदन सचिवालयलाई बुझाउने

पार्टी एकताको कार्यविधी बनाउने अख्तियारी सहित स्थायी समिती बैठकबाट गठन भएको कार्यदलले एकताको बाँकी काम सक्ने गरी तयारी भई रहेको एक नेताले जानकारी दिएका छन् । पुष र माघ भित्र एकताको सबै काम सकेर फागुन र चैतमा देशव्यापी अभियान सञ्चालन गर्ने नेकपाको तयारी रहेको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले त्येक दिन बिहान ८ बजे देखि ११ बजे सम्म र कार्यदलका सदस्यहरुको समय अनुकुलतालाई ध्यान दिदै अन्य समयमा पनी बैठक जारी राखेका छन ।

कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरूको एकीकरणदेखि पोलिटब्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने ‘म्यान्डेट’ कार्यदललाई छ ।

प्रतिक्रिया दिनुहोस्