Logo
Logo

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजल सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 

प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वश्तु भइसकेको बताउनुभएको छ । “केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”

वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाएजस्तै हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।”

प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्