Logo
Logo

एनआईसी एशिया बैंकले ल्यायो क्यास ब्याक तथा छुट योजना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआइसी एसिया बैंकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर सञ्चालन गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा १ हजार रुपैयाँसम्म पाउनेछन्  ।

योजनाअन्तर्गत दराज तथा खल्तीमा अनलाइन झुक्तानी गर्दा तथा बैंकको क्युआर पेमेन्ट सिस्टमबाट झुक्तानी गर्दा क्यास ब्याक तथा छुट पाइनेछ । साथै, पिओएसबाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम् ५ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ भने बैंकको मोबाइल बैंकिङबाट एनटिसी तथा एनसेलको टपअप रिर्चाज गर्दा १० प्रतिशत वा १ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।

योजना राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस १९ वैशाखको दिनमात्र लागू हुने बैंकले जानकारी दिएको छ । यो योजनाबाट बैंकको ग्राहकमहानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्