Logo
Logo

ग्लोबल आइएमई बैंकद्धारा ह्वीलचियर वितरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत करुणा फाउन्डेशन नेपाललाई स्पेशल ह्वीलचियरसहित २१ थान ह्वीलचियर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई ह्वीलचियर हस्तान्तरण गरेका छन् ।


करुणा फाउन्डेशन नेपाल विसं २०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहिआएको संस्था हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्