Logo
Logo

कपनको लजबाट एक जोडी पक्राउ




काठमाडौं ।
परपुरुषसँग होटलमा गएकी श्रीमतीलाई श्रीमानले प्रहरी बोलाएर पक्राउ गराएका छन् । कपनको साम्बला लजबाट मंगलबार प्रहरीले एक जोडीलाई पक्राउ गरेको हो ।


बैतडीका हिमाल पार्की र एक महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका दुवै जना विवाहित हुन् । पार्की केही समयअघि मात्र विदेशबाट आएका थिए । श्रीमतीलाई साथीकोमा जान्छु भनेर झुक्याएर ती महिला प्रेमीसँग होटलमा गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्