Logo
Logo

एनओसी विवादबीच कर्णालीका फरहान पाकिस्तान फर्किने


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।

The current image has no alternative text. The file name is: farhan.jpg

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुनस् एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।

घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरू एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्