Logo
Logo

नेपालमा लगानी मैत्री वातावरण : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण भएको बताउनुभएको छ । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्ने बताउनुभएको छ । “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउनुभएको छ । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताउनुभएको छ । “हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “केही समय विभिन्न कारणले हामी पछि प¥यौं तर अब त्यो समय सकियो, हामी अघि बढ्छौं ।”

प्रतिक्रिया दिनुहोस्