Logo
Logo

नयाँबानेश्वरको सडकमा अचानक खाल्डो परेपछि…



काठमाडौँ । काठमाडौँको मुख्य सडकखण्ड नयाँबानेश्वरको सिभिल अस्पताल नजिकै सडकको बीच भागमा खाल्डो परेको छ ।

सडक भत्किएर सुरुमा सानो खाल्डो बनेको र मर्मत गर्ने क्रममा डोजरले पुर्न खोज्दा झन् डूलो खाल्डो बनेको प्रत्यक्षदर्शीले बताएका टन् ।

सडकको बीचमा अचानक खाल्डो परेपछि केहीबेर यातायात अवरुद्ध भएको थियो । भने अहिले खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्