Logo
Logo

‘हुन्यावाली’पछि डिबीको अर्को देउडा ‘तम्राइ रुपले’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ बैशाख । गायक रामचन्द्र काफ्ले र गायिका अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ । विनोद बाजुरालीको संगीत रहेको उक्त गीत पत्रकार डिबी खड्काले लेखेका हुन् ।
म्युजिक भिडियोको निर्देशनमा शंकर बिसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए ।
म्युजिजक भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन् । शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमादुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ । मालश्री रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतलाई अनिता चलाउनेले प्रस्तुत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्