Logo
Logo

नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे


0
Shares

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन् । गत असोज अन्तिम साता नेपालका लागि राजदूत नियुक्त भएका उनी पदभार सम्हाल्न मंगलबार काठमाडौं झरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।

भोलिबाट भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् । दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवतः पहिलोपटक हो ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए । हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000