Logo
Logo

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने





काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको हिउदे अधिवेशन अन्र्तगत तेस्रो बैठक आज १ बजे बस्दै छ । आजको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्