Logo
Logo

बेलबारी गोल्डकपमा सिलिगुडी ५-० ले पराजित


फिपराज बेघा


मोरङ । बेलाबरीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा एपीएफ क्लबले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले भारतको सिलिगुडीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफलाई सानदार जित दिलाउनको लागि आशिस लामाले दुई गोल गरे भने आवास लामिछाने, प्रदिप लामा र सविन गुरुङले समान एक–एक गोल गरे । एपीएफले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थपेकाे थियाे ।

खेलको २२ औँ मिनेटमा लामिछानेले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै प्रदिपले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए ।

खेलको ४९ औँ मिनेटमा आशिस लामाले गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । ७५ मिनेटमा गुरुङले गोल गर्दै एपीएफलाई ४–० ले अघि बढाए । ८५औं मिनेटमा आशिस व्यक्तिगत दोस्रो गोल गर्दै सानदार जित दिलाए । खेलको म्यान अफ दि म्याच आशिस बने ।

शनिबार हिमालयन शेर्पा काठमाडौं र गाईघाट फुटवल उदयपुरबीच हुने छ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड तथा प्रमाण पत्र पाउने छ ।

प्रतिक्रिया दिनुहोस्