Logo
Logo

कार्यालयमा ताला लगाएर सबै कर्मचारी एमालेको अधिवेशनमा



बैतडी । निजामती कर्मचारी र शिक्षकमा राजनीतिक मोह बढ्दै गएको छ । कर्मचारी र शिक्षकको राजनीतिक मोहको मार भने सेवाग्राही र विद्यार्थीमा पर्ने गरेको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा यस्तै समस्या देखियो । वडाका सबै कर्मचारी कार्यालय नै बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा गए । कर्मचारी नहुँदा सेवाग्राही भने मारमा परेका छन् ।

विहानैबाट कार्यालयमा नागरिकताको सिफारिस लिन पुगेका सेवाग्राही दिनभर कुर्दा पनि काम नभएपछि मारमा परेका हुन् ।

नेकपा माओवादी केन्द्रका रघुवीर धामी, नेपाली कांग्रेसका गणेशबहादुर धामी, एकीकृत समाजवादीका प्रतिनिधि र वाइसीएल डिलाशैनी गाउँपालिका अध्यक्ष जनकसिंह धामी लगायतले विज्ञप्ति जारी गर्दै सेवा अवरुद्ध हुने गरी राजनीतिक दलको कार्यक्रमाम सहभागी भएको भन्दै कारवाही माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्