Logo
Logo

गोविन्द पौडेलको नेतृत्वमा समाजवादी ईन्जिनियरिङ एसोसिएसन गठन



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी ईन्जिनियरिङ एसोसिएसन नेपालको राष्ट्रिय भेलाले ईञ्जिनियर गोविन्द पौडेलको नेतृत्वमा केन्द्रीय कमिटी गठन गरेको छ ।

भेलाले ७ जना उपाध्यक्ष निर्वाचिन गरेको छ । जसमा डा. नवजीवन शर्मा, बिजयराज उपाध्याय, नन्दकिशोर यादव, चाँदमाला श्रेष्ठ, कृश्णा जि.सि., डा. कृष्ण भेटवाल र डा. के.एन. दुलाल रहेको छन् ।

बिरोध रिजाल महासचिव, डि.बि.बुढा उपमहासचिव, बासुदेव नेपाल सचिव र रोशन भट्टराई कोषाध्यक्ष निर्वाचित भएका छन् । नवगठित केन्द्रीय कमिटी १०१ सदस्यीय रहेको छ ।

काठमाडौंमा सम्पन्न भेलालले महासचिव रिजालको नेतृत्वमा २३ सदस्यीय केन्द्रीय कार्यालयसमेत गठन गरेको छ । सुबोधराज सत्यालले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय कार्यालयको सदस्यहरुमा कपिल आचार्य, डीबी बुढा, बासुदेव नेपाल, रोशन भट्टराई, छविलाल अधिकारी, सुर्यप्रकाश लामा, समित थापा, हिक्मत बिसी, उमेश रुपाखेती, टीकाराम खड्का, जितेन्द्र सिं, जनक रोकाय, पवनकुमार झा, रिजन गजुरेल, अशोक बिष्ट, महेश्वर अधिकारी, नारायण केसी, कविराम थापा, उमेशजंग थापा, हरिहर गौतम र महेन्द्रकुमार दास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्