Logo
Logo

रोटरी क्लवद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न



भरतपुर । भरतपुरको रोटरी क्लब र नारायणगढ बसपार्क टोल विकास समितिको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम गोविन्द प्रसाद पौडेलले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा ६ जना महिलासहित ५४ जनाले रक्तदान गरेको रोटरी क्लव अफ भरतपुरका फेलोसिफ चियर एवं रक्तदान कार्यक्रम संयोजक बद्रीनाथ पोखरेलले जानकारी दिए । कार्यक्रम संयोजक पोखरेलले रक्तदान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं, अग्रज रक्तदाता एवं वालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, रोटरी क्लव अफ नारायणगढका पुर्व अध्यक्ष डा. आई.पि. ढकाल, बद्री अधिकारी, पुर्ण सापकोटा, जिवन श्रेष्ठ, सुरेश बहादुर सेन, कृष्ण कुमार श्रेष्ठ, नारायणगढ बसपार्क टोल विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, कार्यक्रम संयोजक बद्रीनाथ पोखरेल, सह–संयोजक विक्रम श्रेष्ठ, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली, रोट्याक्ट क्लव अफ भरतपुर हाइटका अध्यक्ष किशोर रिजाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठले झोला सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्