Logo
Logo

सवै प्रदेशका महिला सांसदलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम



काठमाडौं । नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)ले आयोजनाम गरेको सातै प्रदेशका प्रदेशसभा सदस्य महिला सहभागी क्षमता अभिवृद्धिसम्बन्धी भर्च्युअल अन्तरक्रिया सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडीपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६ गतेसम्म अन्तरकृया आयोजना गरेको थियो ।

अन्तरक्रियामा ४ वटा विषयमाथि सम्बन्धीत विषयविज्ञहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य पेम्बा लामा, अधिवक्ता डा. कुन्साङ योञ्जन, पत्रकार अमरध्वज लामा र योजनाविद् रामशरण प्याकुरेलले लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध, स्व–निगरानी र स्व–मुल्याङ्कन, पारस्परिक सञ्चार र सम्झौता प्रकृया र नेतृत्व विकाससम्बन्धी विषयवस्तुमा छलफल गराएका थिए ।

नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्धेश्यले निफसँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डा. राजबहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्वमन्त्री करिना बेगम, लुम्बनी प्रदेशका उपसभामुख पुष्पा मगर लगायत विभिन्न समुदायका ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्