Logo
Logo

कुकुर तिहारमा पशुपति परिसरका कुकुरलाई रेबिजविरुद्धको खोप



काठमाडौं । कुकुर तिहारको उपलक्ष्यमा पशुपतिनाथ परिसरमा रहेका कुकुरहरुको पूजा तथा कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ ।

बुधबार भेटेरिनरी प्राक्टिसनर संघ नेपाल, लायन्स क्लाव आफ काठमाडौं नेपाल , श्री शक्ति महिला समूह र जय वावा पशुपति महिला बिकास संस्थाको संयुक्त आयोजनामा पशुपतिमा कुुकुरलाई भ्याक्सिन लगाइएको हो ।

समूदायमा घरमा पालिएका सबै जनावरलाई स्वास्थ राख्नुपर्छ भन्ने सन्देश दिन निःशुल्क भ्याक्सिन लगाईएको भेटेरिनरी प्राक्टिसनर संघ नेपालका अध्यक्ष डाक्टर श्रीराम अधिकारीले जानकारी दिए । सामूदायिक कुकुरको संख्या नेपालमा धेरै रहेकाले त्यस्ता कुकुरलाई संक्रमण हुन नदिन खोप लगाउनुपर्ने उनको भनाइृ छ ।

उनले अहिले संसारभर रहेको ९० करोड कुकुर मध्ये एकतिहाई भारत, चीन र नेपालमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्