Logo
Logo

आज पनि प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीहरुको प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीशको माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर सहित कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । न्यायलयलाई भत्काउने काम प्रधान्याधिशबाट भएकाले राजीनामा दिनुपर्ने उनीहरुले माग छ । अधिवक्ता टीकाराम भट्टराईले वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कार्यकालमा न्यायालयमा भ्रष्टाचार र बेथिति मात्र बढेको र खुलेआम मुद्धामा देखिएको चलखेललाई प्रोत्साहन गरेको आरोप लगाए ।

उनले सडकबाट राजीनामा माग्दैमा नदिने भन्दै प्रधानन्यायधिशले राजनीतिज्ञको भाषा बोलेको बताए । चुनाव जितेर आउने राजनीतिज्ञले जस्तो भाषा नबोल्न पनि भट्टराईले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले आइतबारदेखि कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्